गेटवे पेमेन्ट सर्भिस र भारतका दुई कम्पनीबीच सम्झौता

काठमाडाैँ । गेटवे पेमेन्ट सर्भिस प्रालिले अन्तरआबद्दता तथा मोबाइल फस्र्ट प्रविधिमा आधारित युनीफाईड पेमेन्ट इन्टरफेस नेपाल (यूपीआइ) सञ्चालन गर्न भारतस्थित एनपीसिआई इन्टरनेसनल तथा मनम इन्फोटेकसँग सम्झौता गरेको छ ।

सम्झौतासँगै अब विभिन्न बैंक वित्तीय संस्था र भुक्तानी सेवाप्रदायकबीच अन्तरआबद्ध विद्युतीय भुक्तानीको सञ्जाल सञ्चालन गर्ने र भारतबाट विभिन्न भुक्तानी सेवा प्रदायक (जस्तै पेटीएम, गुगलपे, फोनपे) मार्फत नेपालस्थित कुनै पनि बैंक खातामा वा वालेट खातामा तुरुन्तै रकमान्तर गर्नसक्ने व्यवस्था हुने गेटवेले जनाएको छ ।

सेवा सुरुवातसँगै भारतीयहरू नेपाल आउँदा क्यु-आरकोड स्क्यान गरी सजिलै भुक्तानी गर्नसक्ने र नेपालीहरूले भारतमा यात्रा गर्दा भारत-क्युआर स्क्यान गरी भुक्तानी गर्नसक्ने बताइएको छ । प्रारम्भिक चरणमा आगामी तीन महिनाभित्र उल्लेखित सेवाहरू सुचारु हुनेर एनपीसिआईले भारतमा सञ्चालन गरिरहेको सम्पूर्ण सेवाहरू पनि क्रमिक रूपमा सुरुवात गर्दै जाने सो कम्पनीले जानकारी दिएको छ ।

सम्झौतामा कम्पनीका तर्फबाट अध्यक्ष कमलनाथ प्रधान र भारतीय रिजर्भ बैंकद्वारा प्रवर्द्धित एनपीसिआई इन्टरननेसनलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रितेश शुक्ला तथा डिजिटल बैंकिङ तथा भुक्तानी सेवामा लामो अनुभव रहेको भारतीय फिन्टेक कम्पनी मनम इन्फोटेकका तर्फबाट निर्देशक नागाबाबु रामिनेनीले हस्ताक्षर गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 5 =