नक्कली प्रमाणपत्र मुद्दामा फुटबलर हरि खड्का दाेषी ठहर
२०७८ फागुन ५ गते

काठमाडौँ । राष्ट्रिय फुटबल टिमका पूर्व स्ट्राइकर तथा पूर्वप्रहरी नायब निरीक्षक हरि खड्का शैक्षिक योग्यताको प्रमाणपत्र किर्ते गरेको मुद्दामा दोषी ठहर भएका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा विशेष अदालतले बिहीबार खड्काले नेपाल प्रहरीमा बढुवा प्रयोजनका लागि पेश गरेको प्रमाणपत्र नक्कली भएको ठहर गरेको हो । विशेष अदालतका न्यायाधीश अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेको इजलासले बिहीबार खड्कामाथिको अभियोग सही भएको फैसला गरेको हो ।
विशेष अदालतका प्रवक्ता दीपेन्द्रनाथ याेगीकाअनुसार खड्कालाई ५ हजार रुपैयाँ जरिवाना गरिएकाे छ । याेगीकाअनुसार खड्काकाे मुद्दासमेत सकिएकाे छ ।
२०७८ फागुन ५ गते
प्रतिक्रिया
सम्बन्धित








