च्याम्पियन्स लिग

सलाह र फिरमिनोको गोलमा लिभरपुल विजयी

काठमाडाैँ । युरोपियन च्याम्पियन्स लिग फुटबलमा इङ्लिस क्लब लिभरपुलले इटालियन क्लब इन्टरमिलानलाई पराजित गर्दै क्वाटरफाइन सम्भावना बलियो बनाएको छ । च्याम्पियन्स लिग अन्तर्गत प्रि क्वाटरफाइनलको पहिलो लेगमा इन्टरमिलानलाई उसकै मैदानमा २-० ले पराजित गर्न लिभरपुल सफल भयो ।

घरेलु टोली इन्टर मिलानले अधिकांश समय लिभरपुलविरुद्ध राम्रो प्रदर्शन गरेपनि अन्तिम १५ मिनेट भने विर्सनलायक रह्यो । सान सिरोमा घरेलु दर्शकलाई निराश पार्ने क्रममा ब्राजिलियन खेलाडी फिरमिनोले ७५ औँ मिनेटमा पहिलो गोल गरेका थिए । उनले रोबर्टसनको कर्नरलाई आकर्षक हेड गर्दे टीमलाई सुरुवाती अग्रता दिलाए ।

दोस्रो गोल मोहम्मद सलाहको नाममा रह्यो । सलाहले ८३ औँ मिनेटमा टीमको अग्रता दोब्बर बनाउँदै क्वाटरफाइनल सम्भावना बलियो बनाए । अब लिभरपुलले घरेलु मैदानमा ९ मार्चमा इन्टरको सामना गर्ने छ । जहाँ लिभरपुल बराबरी या १-० को हारमा पनि क्वाटरफाइनल पुग्ने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + 16 =