च्याम्पियन्स लिग

बायर्न हारबाट जोगियो

काठमाडाैँ । जर्मन जाइन्ट बार्यन म्युनिख अस्ट्रियन क्लब साल्सबर्गसँग अप्रत्याशित हारबाट जोगिएको छ । पहिलो पटक युरोपियन च्याम्पियन्स लिग फुटबलको प्रि-क्वाटरफाइनल खेलिरहेको साल्सबर्गले ६ पटकको च्याम्पियन बार्यनविरुद्ध बहादुरीपूर्ण प्रदर्शन गर्दै पहिलो लेग १-१ गोलको बराबरी खेलेको हो ।

घरेलु मैदानमा साल्सबर्गले चुकुबुइके अदमुको गोलमार्फत सुरुवाती अग्रता लिएको थियो । आधिकांश समय १-० को अग्रता बनाएको साल्सबर्ग अन्तिम मिनेट समालिन नसक्दा बार्यनलाई पराजित गर्न असफल भयो । अन्तिम मिनेटमा बार्यनका लागि किंग्सली कोमनले बराबरी गोल फर्काए। उनले थोमस मुलरको पासलाई सदुपयोग गरेका थिए ।

जर्मन लिग लिडर बार्यन अधिकाधिक समय खेल नियन्त्रणमा लिएपनि गोल गर्न भने असफल रह्यो । ७२ प्रतिशत खेलमा बार्यनले पकट बनाएको थियो । उसका अधिकाधिक प्रहार साल्सबर्गका गोलरक्षकले निरन्तर असफल बनाएका थिए । यी दुई बिचको दोस्रो लेग बार्यनको घरेलु मैदानमा ९ मार्चमा हुने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − six =