मछिन्द्र च्याम्पियन

काठमाडौँ । मछिन्द्र फुटबल क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि जितेको छ । बुधबार दशरथ रंगाशालामा भएको खेलमा नवप्रवेशी सातदोबाटो युथ क्लबलाई १–० ले हराउँदै गत बर्षको च्याम्पियन मछिन्द्र यसपटक पनि च्याम्पियन बनेको हो । यो नतिजासँगै मच्छिन्द्र २ खेल अगावै च्याम्पियन बन्यो ।

बुधबारको खेलमा खेलमा विदेशी खेलाडी नुर्लान नोभ्रूजोभले ५३औं मिनेटमा गरेको गोल नै निर्णायक भयो ।

११ खेलमा अपराजित रहेको मच्छिन्द्रको २९अंक भएको छ । दोस्रो स्थानको मनाङले बाँकी सबै खेल जिते र मच्छिन्द्रले दुबै खेल हारे अंक बराबरी हुने भएपनि हेड टु हेडका आधारमा मछिन्द्र नै च्याम्पियन बन्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − 7 =