युइएफए च्याम्पियन्स लिग

एमबाप्पेको गोलमा रियल म्याड्रिडमाथि पीएसजीको जित

काठमाडौँ । युइएफए च्याम्पियन्स लिग अन्तर्गत प्रि-क्वाटरफाइनलको पहिलो लेगमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले रियल म्याड्रिडलाई पराजति गरेको छ । घरेलु मैदानमा भएको खेलमा पीएसजीले रियल म्याड्रिडलाई १-० ले पराजित गरेको हो ।

पीएसजीको जितमा केलियन एमबाप्पेले खेलको ९० मिनेटपछिको इन्ज्युरी समयमा गोल गर्दै पीएसजीलाई जित दिलाए । एमबाप्पेले थप गरिएको चौथो मिनेटमा सव्सिच्युट ब्राजिली फरवार्ड नेयमार जुनियरको ब्याकहिल पासलाई नियन्त्रणमा लिदै एमबाप्पेले दुई खेलाडी लुकास भास्क्वेज र इडर मिलिसाओलाई बिट गर्दै गरेको प्रहारले पोस्टको दिशा लिएको थियो ।

चोटका कारण नोभेम्वर यता पहिलोपटक मैदान छिरेका नेयमारले पूनरागमन खेलमै असिस्ट दिन सफल भए । नेयमार ७२औं मिनेटमा एन्जल डि मारियाको स्थानमा मैदान छिरेका थिए । खेलभर नै दबाब झेलेको रियलले कुनै पनि रियलको पोस्टमा गतिलो आक्रमण बुन्न सकेन ।

६२औं मिनेटमा मेस्सी पेनाल्टीमा चुक्दा पीएसजीले अग्रता लिन सकेन । अब दोस्रो लेगमा यही नतिजा कायम राख्न सके पीएसजीले अन्तिम आठको यात्रा तय गर्नेछ । दोस्रो लेग रियलको मैदानमा ९ मार्चको राति हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − 7 =