गायिका सज्जा चौलागाईंको ‘हाँसे तिम्रै लागि’ (भिडिओ)
२०७८ फागुन २ गते

काठमाडाैँ । गायिका सज्जा चौलागाईंको स्वरमा नयाँ गीत ‘हाँसे तिम्रै लागि’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा हरि लम्सालको शब्द, संगीत सुन्न सकिन्छ ।
विकास लामिछाने र सजिना श्रेष्ठको अभिनय रहेको गीतको म्युजिक भिडिओलाई सुब्रतराज आचार्यले निर्देशन गरेका हुन् । उनले भिडिओमा मिठो प्रेम भाव देखाउन खोजेका छन् ।
उत्सव दाहालले खिचेको म्युजिक भिडिओमा नन्दा अधिकारीको मेकअप, सुनिल निउरेको स्क्रिप्ट र विकास दाहालको सम्पादन रहेको छ । म्युजिक भिडिओलाई एमएन टिभी अस्ट्रेलियाले बजारमा ल्याएको हो ।
२०७८ फागुन २ गते
प्रतिक्रिया
सम्बन्धित








