सागरको गहिराइमा नीराजन र एलिसाको जोडी (भिडिओ)

काठमाडौँ । मोडल एलिसा राईले अर्का मोडल नीराजन प्रधानसँग जोडी बाँधेकी छिन् । एलिसा र नीराजनले गायक पार्कर लिम्बुको पछिल्लो गीत ‘सागरको गहिराइ’मा जोडी बाँधेका हुन् ।

पप गायक लिम्बुको शब्द, संगीत र गायन रहेको सार्वजनिक गीतमा एलिसा र नीराजनको जोडी निक्कै सुहाएको छ । सार्वजनिक म्युजिक भिडिओमा युवापुस्ताको खुसीको क्षणलाई चित्रण गरिएको छ ।

निकेश खड्काले निर्देशन गरेको म्युजिक भिडिओ छायाङ्कन उत्तम हुमागाईँले गरेका हुन् । भिडिओ सम्पादन विकाश धमलाले गरेका छन् । सार्वजनिक गीत गायक पार्करले आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेका हुन् ।

https://youtu.be/tCT-3JfLumE

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 2 =