‘न बिर्से तिमीलाई’ गीतको विवादपछि थपियो अन्जु र जगदीशको नाम

काठमाडौँ । नयाँ भर्सनमा रेकर्ड भएको ‘न बिर्सेँ तिमीलाई न पाएँ तिमी’लाई गीतको भर्सनको भिडिओको विवरणमा गायिका अन्जु पन्त र गायक जगदीश समालको नाम थपिएको छ ।

गायिका रचना रिमालेको स्वरमा रेकर्ड गरिएको उक्त गीतको नयाँ भर्सनमा गीतकार विपिन किरणले गायिका पन्त र गायक समालको नाम र उनीहरूले गाएको गीतको लिंक समेत राखिएको छ । गीतको नयाँ भर्सनमा पन्त र गायक समालको नाम उल्लेख नभएकोमा चर्को आलोचना भएपछि उनीहरूको नाम समावेश गरिएको बुझिएको छ । नाम र गीतको लिंक उल्लेख भएपछि गायिका पन्तले खुशी व्यक्त गरेकी छन् ।

उनले गीतकार किरणसँगको कुराकानी नाम थपिएको उल्लेख गर्दै उक्त कार्य सराहनीय रहेको बताएकी छन् । उनी लेख्छिन्, ‘न बिर्से तिमीलाई गजलका गजलकार विपिन किरण लगायत टिमलाई धेरै धन्यवाद । मानिसबाट कहिलेकहीँ जान अनजानमा भुल हुन्छ, यस्तै भुल बाट नै सुधार गर्दै र सिक्दै जाने हो, हामी सबैले । विपिन भाईसँगको बातचितपछि सम्पूर्ण श्रोता दर्शकको माया र भावनाको कदर गर्दै नयाँ भर्सनमा यस गजलका ओरिजिनल सिंगरको नाम र लिंक समेत राख्नुभएको छ, यो तपाईँको कदम प्रशंसनीय छ । भविष्यमा हामी सबै मिलेर नेपाली गीत संगीतको उन्नतिका लागि हातेमालो गर्नुपर्छ र गर्ने नै छौँ । फेरी पनि रचना नानुलाई धेरै माया र आशीर्वाद ।’

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 2 =