भारतीय गायिका लता मंगेशकरको निधन
२०७८ माघ २३ गते

काठमाडौँ। लोकप्रिय भारतीय गायिका लता मंगेशकरको निधन भएको छ । उनको आइतबार ९२ वर्षको उमेरमा मुम्बईस्थित एक अस्पतालमा उपचारका क्रममा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
उनी केही समयदेखि अस्वस्थ थिइन् । गायिका मंगेशकरले बलिउडमा थुप्रै चर्चित गीतहरू गाएकी छन् । उनले थुप्रै नेपाली गीतमा समेत स्वर भरेकी छन् ।
२०७८ माघ २३ गते
प्रतिक्रिया
सम्बन्धित








