‘द भोईस’का म्युजिक डिरेक्टर कार्कीको ‘ए साइली’ सार्वजनिक
२०७८ माघ २२ गते

काठमाडौँ । चर्चित गायन टेलिभिजन रियालिटी शो ‘द भोईस अफ नेपाल’का म्युजिक डिरेक्टर करणराज कार्कीको स्वर तथा संगीत रहेको ‘ए साइली’ गीत सार्वजनिक भएको छ । उक्त गीत संगीत भकारी नामक युट्युब च्यानलमार्फत शुक्रबार सार्वजनिक गरिएको हो ।
लेखु सहयात्रीको शब्द, देवेश राईको संगीत संयोजन तथा किशोर थापाको मिक्स र मास्टरिङ रहेको उक्त गीतमा कार्कीलाई मेचु धिमालले गायनमा साथ दिएकी छन् ।
ज्योति प्रोडक्सनको पोस्ट प्रोडक्सन, अनिल के मानन्धरको छायांकन, विष्णुहरि तिमल्सिनाको सम्पादन तथा मौसम हिमाली निर्देशित म्युजिक भिडियोमा विपिन श्रेष्ठ तथा रोश्नी कार्कीको सुन्दर अभिनय रहेको छ ।
https://youtu.be/rsyTcVAB1a8
२०७८ माघ २२ गते
प्रतिक्रिया
सम्बन्धित








