मरिसससँग नेपालको १-० को अग्रता
२०७८ माघ १८ गते

तस्बिर : एन्फा
काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टिमले मरिसससँगको दोस्रो मैत्रीपूर्ण खेलमा १–० को अग्रता लिएको छ । दशरथ रंगशालामा भइरहेको खेलको पहिलो हाफको खेल सकिँदासम्म नेपालले १–० गोलको अग्रता लिएको हो ।
खेलको दशौँ मिनेटमा सुजल श्रेष्ठले गोल गर्दै नेपाललाई अग्रता दिलाएका हुन् । आशिष लामाले प्रहार गरेको बललाई पुजन उपरकोटीले ब्याक पास उपलब्ध गराउँदा सुजलले वान टच गोल गरेका थिए ।
त्यसको ३ मिनेटमै मरिससले पेनाल्टीलाई गोलमा परिणत गर्न सकेन । कप्तान एन्डी सोफीले हानेको पेनाल्टीलाई नेपालका कप्तान तथा गोलकिपर किरण चेम्जोङले बचाए ।
नेपालका दिनेश राजवंशीले लिन्स्ले बर्सीलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि मरिससले पेनाल्टी पाएको थियो।
शनिबार भएको पहिलो मैत्रीपूर्णमा नेपालले मरिससलाई १–० ले नै हराएको थियो ।
२०७८ माघ १८ गते
प्रतिक्रिया
सम्बन्धित








