तेजस्वी प्रकाशले जितिन् बिग बोस-१५ को उपाधि
२०७८ माघ १७ गते

काठमाडौँ । तेजस्वी प्रकाश भारतीय चर्चित टेलिभिजन रियालिटी शो बिग बोस-१५ की विजेता बनेकी छन् । आइतबार भएको ग्राण्ड फिनालेबाट उनी बिग बोस- १५ को विजेता घोषणा भएकी हुन् । कार्यक्रमका होस्ट समेत रहेका बलिउड अभिनेता सलमान खानले उनलाई विजेता घोषणा गरे ।
जितसँगै उनले ट्रफीसहित ४० लाख भारतीय रुपैयाँ पुरस्कार पाएकी छन् । यस्तै प्रतीक सहजपाल फस्ट रनरअप भएका छन् । अन्तिम चारमा तेजस्वी र प्रतीकसहित निशान्त भट्ट र करण कुन्द्राले स्थान बनाएका थिए । तर निशान्तले १० लाख रुपैयाँ लिएर शो छाडेका थिए ।
२०७८ माघ १७ गते
प्रतिक्रिया
सम्बन्धित








