दर्शकले साथ दिए पीएम जोडीलाई केन्द्र मोसनले दोहोर्याउने

काठमाडौँ । फुलबुट्टे सारी र टाढा भएपनि फिमेल भर्सन हिट भएपछि पल शाह र मलिका महतलाई लिएर केन्द्र मोसन पिक्चर्सले ६ महिनामा १० ओटा म्युजिक भिडियोमा एकसाथ काम गर्ने भनेर सम्झौता गरेको थियो ।

तर कोरोना कहर र लकडाउनको कारण ५ वटा भिडियोमा मात्र काम गर्न सकिएको केन्द्र मोसन पिक्चर्सका म्यानेजर सागर लामिछानेले बताए ।

शुक्रबारमात्रै सम्झौताको अन्तिम गीत गाजल टीकी सार्वजनिक भएको छ । उक्त गीतलार्ई दर्शकले माया र साथ दिए यो जोडीलाई फेरि दोहोर्याउने लामिछानेले जानकारी दिए ।

केन्द्र मोसन पिक्चर्सबाट सार्वजनिक गरिएको गीतमा युवापुस्तामाझ लोकप्रिय गायक एकदेव लिम्बुको आवाज रहेको छ । चितवनमा खिचिएको भिडियोमा पल र मलिकाको अभिनय देख्न सकिन्छ ।

भिडियोमा पल र मलिकाको प्रेम-विछोडको कथालाई देख्न सकिन्छ । तर भिडियोको अन्त्यमा टु बी कन्टिन्युड लेखिएको छ । यसकारण दर्शकले भने केही समय पर्खनुपर्ने बुझ्न सकिन्छ ।

गीतको शब्द सन्तोष सुनारको रहेको छ । संगीत एन्जमस र विकेश मगरको सिनेमाटोग्राफी रहेको भिडियोमा किरण दाहालको निर्देशन रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 13 =