सुनको मूल्य तोलामा ९०० रुपैयाँले घट्यो

काठमाडौँ । सुनको भाउ शुक्रबार प्रतितोला ९०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलाको ९२ हजार ६०० रुपैयाँ कायम भएको छ ।

बिहीबार भने छापावाल सुन प्रतितोला ९३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, शुक्रबार तेजाबी सुनको भाउ तोलाको ९२ हजार एक सय रुपैयाँ निर्धारण भएको छ ।  चाँदीको भाउ पनि घटेको छ ।

बिहीबार प्रतितोला एक हजार २९० रुपैयाँमा  कारोबार भएको चाँदी शुक्रबार २५ रुपैयाँले घटेको छ । शुक्रबार चाँदीको भाउ प्रतितोला एक हजार २६५ रुपैयाँमा भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 7 =