आईपीएलको अक्सनमा हुनेछन् यी १५ नेपाली खेलाडी
२०७८ माघ ८ गते

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ का लागि यो पटक मेगा अक्सन हुँदैछ। कुल १० टीम सहभागी रहने प्रतियोगितामा १२१४ खेलाडीले आवेदन दिएका छन्। जसमा नेपालबाट १५ खेलाडीले मेगा अक्सनमा नाम टिपाएका छन्। अक्सन १२ र १३ फेब्रुअरीमा हुँदैछ।
यी हुन् अक्सनमा नाम टिपाउने १५ खेलाडी
आशिफ शेख, पवन शर्राफ, सन्दीप जोरा, कुशल भुर्तेल, रोहित पौडेल, सुशन भारी, आरिफ शेख, अविनाश बोहोरा, विनोद भण्डारी, शरद भेषवाकर, कुशल मल्ल, करण केसी, सोमपाल कामी, दीपेन्द्र सिंह ऐरी र सन्दीप लामिछाने रहेका छन्।
२०७८ माघ ८ गते
प्रतिक्रिया
सम्बन्धित








