आईपीएल मेगा अक्सनमा नेपालका १५ सहित १२१४ खेलाडी

काठमाडौँ । आईपीएल २०२२ को मेगा अक्सनमा १२१४ खेलाडी हुने भएका छन् । जसमा ८९६ भारतीय र ३१८ विदेशी खेलाडी छन्। उनीहरूमध्ये नेपालका १५ सहित एसोसिएटेड देशका ४१ जना खेलाडी रहनेछन् ।

जसमा २७० जना राष्ट्रिय टीमबाट खेलेका र बाँकी राष्ट्रिय टीममा नपरेका खेलाडी रहनेछन् । दुई दिनसम्म चल्ने मेगा अक्सनमा १० टीमका प्रतिनिधिले उनीहरूमाथि बोली लगाउनेछन् । २०१८ पछि आईपीएलमा पहिलो पटक मेगा अक्सन हुन लागेको हो । त्यसबेला ८ टीम यसपटक १० टीमले सहभागिता जनाउनेछन् ।

अक्सन १२ र १३ फेब्रुअरीमा बैंगलोरमा हुँदैछ । नेपालबाट अक्सनमा रहने खेलाडीहरूको नाम सार्वजनिक गरिएको छैन । तर कप्तान सन्दीप लामिछानेसहित राष्ट्रिय टिमका धेरैजसो खेलाडी रहेको अनुमान गरिएको छ ।

२ करोडको आधारभूत पारिश्रमिकमा १७ भारतीय र ३२ विदेशी खेलाडी

मेगा अक्सनका लागि २ करोड ‘बेस प्राइस’को सूचीमा ४९ खेलाडी रहेका छन् । जसमा १७ भारतीय र ३२ विदेशी खेलाडी छन् । भारतबाट रविचन्द्रन आश्विन, श्रेयस अय्यर, शिखर धवन, इशान किशन, सुरेश रैनालगायत खेलाडी यो सूचीमा छन्

त्यस्तै विदेशी खेलाडीमा डेभिड वार्नर, कागिसो रबाडा, ड्वेन ब्राभो, प्याट कमिन्स, एडम जाम्पा, स्टीभ स्मिथ, शकिब अल हसन, मार्क वुड, ट्रेन्ट बोल्ट, फाफ डुप्लेसिसलगायत रहेका छन् । यो सूचीमा रहेका खेलाडीको पारिश्रमिक कम्तिमा २ करोडबाट शुरु हुनेछ र त्यसभन्दा माथि बोलकबोलका आधारमा बढी पारिश्रमिक खर्च गर्न तयार हुने क्लबले अनुबन्ध गर्नेछ ।

३३ खेलाडी रिटेन

आईपीएल २०२२ का लागि ३३ खेलाडी रिटेन अर्थात् अघिल्लै टीममा रहने भएका छन् । ८ टीमले २७ खेलाडीलाई रिटेन गर्दा नयाँ २ टीमले ६ खेलाडी अनुबन्ध गरेका छन् ।

केएल राहुललाई लखनउले १७ करोड भारतीय रुपैयाँमा अनुबन्ध गर्‍यो । राहुल टीमको कप्तान हुनेछन् । यी ३३ खेलाडीका लागि टिमले कुल ३ सय ३८ करोड भारु खर्च गरेका  छन् ।

कुन देशका कति खेलाडी

भारत : ८९६
अस्ट्रेलिया : ५९
दक्षिण अफ्रिका : ४८
वेस्टइन्डिज : ४१
श्रीलंका : ३६
इंग्ल्यान्ड : ३०
न्युजिल्यान्ड : २९
अफगानिस्तान : २०
नेपाल : १५
अमेरीका : १४
बंगलादेश : ९
नामिबिया : ५
आयरल्यान्ड र ओमान : ३–३
जिम्बाब्वे : २
भुटान, नेदरल्यान्ड, स्कटल्याड र युएई : १–१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *