च्यासलका १९ खेलाडीलाई कोरोना संक्रमण
मकालु खबर
२०७८ माघ २ गते
काठमाडौँ । ए डिभिजन क्लव च्यासल युथ क्लवबका १९ जना खेलाडीमा कोरोना संक्रमण पुष्टि भएको छ । च्यासल युथ क्लबका १९ जना खेलाडीमा कोरोना संक्रमण पुष्टि भएका कारण आजका लागि तय भएको नेपाल पुलिस क्लबसँगको खेल स्थगित भएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।
च्यासलले आजको दोस्रो खेलमा नेपाल पुलिस क्लबसँग खेल्ने तय भएको थियो । यसअघि मनाङ मर्स्याङदी र जावलाखेल युथ क्लबका प्रशिक्षकहरुले पनि आफ्ना केही खेलाडीहरु बिरामी भएको बताएका थिए ।
मकालु खबर
२०७८ माघ २ गते
प्रतिक्रिया
सम्बन्धित