कारवाओ कप
१० खेलाडीमा सीमित आर्सनलसँग लिभरपुलको बराबरी
२०७८ पुस ३० गते

काठमाडाैँ । कारवाओ कपको सेमिफाइनलअन्तर्गतको पहिलो लेगमा आर्सनल र लिभरपुलले गोलरहित बराबरी खेलेका छन् । एनफिल्डमा भएको खेलमा १० खेलाडीमा सीमित आर्सनल, लिभरपुललाई बराबरीमा रोक्न सफल भयो ।
२४ औ मिनेटमै झाकाले रातो कार्ड पाएपछि आर्सनल १० खेलाडीमा सीमित भएपनि लिभरपुलले फाइदा लिन सकेन ।
लिभरपुलका खेलाडी मोहमद सलाह र साडियो मानेले खेलेका थिएनन् । यी दुई टिमको दोस्रो लेग जनवरी २० तारिखमा हुनेछ । विजेताले उपाधिका लागि चेल्सीसँग खेल्नेछ ।
२०७८ पुस ३० गते
प्रतिक्रिया
सम्बन्धित








