इथियोपियालाई हराउँदै क्यामरुन नकआउट चरणमा

काठमाडाैँ । आयोजक क्यामरुन, अफ्रिकन कप अफ नेशन्स फुटबलको नकआउटचरण पुग्ने पहिलो टीम बनेको छ । बिहीबार राती भएको समूह ‘ए’ को आफ्नो दोस्रो खेलमा इथियोपियालाई ४-१ ले हराउँदै क्यामरुन अन्तिम १६ मा पुग्ने पहिलो टीम बनेको हो ।

दुई खेलमा अपराजित रहँदै क्यामरुन ६ अंकसहित नकआउटमा पुगेको हो । फर्वाड भिनसेन्ट अबुबकर र कार्ल टोको एकाम्बीले २-२ गोल गरेपछि इथियोपियामाथि घरेलु टोलीले सहज जित निकालेको हो । खेलमा अग्रता भने इथियोपियाले चौथो मिनेटमा होटेसा दावाको गोलबाट लिएको थियो । तर घरेलु टोलीका टोको एकाम्बीले ८ औँ मिनेटमै बराबरी गोल फर्काए ।

पहिलो हाफ १-१ को बराबरीमा सकिएको खेलको दोस्रो हाफमा अबुबुकारले दुई गोल तथा एकाम्बीले एक गोल गरे । अबुबुकारले ५३ औँ र ५५ औँ मिनेटमा तथा एकाम्बीले ६७ औँ मिनेटमा गोल गर्दै क्यामरुनलाई ४-१ को अवस्थामा पुर्‍याए ।

समूह ‘ए’ कै अर्को खेलमा बुर्किनाफासोले केप भर्डेलाई १-० ले पराजित गर्दै ३ अंकका साथ तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । भर्डेलाई पराजित गर्न ४० औ मिनेटमा हसाने बन्डेसले ४० औ मिनेटमा गोल गरे । आयोजक क्यामरुनसँग पराजित भएपछि अघिल्लो चरण पुग्न बुर्किनाफासोलाई जित्नैपर्ने दबाब थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − nine =