पुलिस चौंथो बराबरीमा रोकियो

काठमाडौँ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको आठौँ चरणको अन्तिम खेलमा नेपाल पुलिस अर्को बराबरीको सिकार भएको छ । सोमबार दशरथ रंगशालामा भएको खेलमा पुलिस ब्रिगेड ब्वाईजसँग १-१ गोलको बराबरी रोकिएको हो । पुलिसको यो जारी सिजनको चौंथो बराबरी हो ।

पुलिसविरुद्ध ब्रिगेडले अग्रता लिएपनि जोगाउन सकेन । खेलको पहिलो हाफमा भएको १-१ गोलनै दोस्रो हाफमा पनि कायम रह्यो। खेलको दोस्रो मिनेटमा नै ब्रिगेडले रोशन आले मगरले अग्रता दिलाए । शिशिर लेखीको प्रहार पुलिसका गोलरक्षक शत्रुधन चौधरीले पन्च गर्दै बचाएपनि त्यसैको रिबाउण्डमा आएको बललाई रोशनले पोस्टको दिशा दिएका थिए ।

तर उनको अग्रता लामो समय टिक्न सकेन । एक मिनेट लगतै बुद्ध तामाङले फ्रिकीकमा गोल गर्दै पुलिसलाई बराबरीमा ल्याएका थिए । सुरूवातमानै गोल निस्किएपनि त्यसपछि भने दुबै टीम गोलको संघर्षमा देखिएका थिए ।

दोस्रो हाफमापनि दुवै टोलीले गोलका केही अवसर पाएपनि गोल गर्न भने सकेनन् । जारी लिगमा पुलिसको यो चौथो बराबरी हो । बराबरीसँगै पुलिस ८ खेलकव समाप्तिमा ७ अंक बनाउँदै ११औं स्थानमा यथावत छ । बिबिसीले भने तेस्रो खेलमा बराबरी खेल्दै ६ अंक बनाएर १२ औं स्थानमा रहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 2 =