इंग्ल्यान्ड-अस्ट्रेलिया चौथो टेस्ट : रोमाञ्चक बराबरी

काठमाडौँ । एसेस सिरिजअन्तर्गतको चौथो टेस्टमा रोमाञ्चक बराबरी भएको छ। अन्तिम दिन जितका लागि इंग्ल्यान्डलाई ३५८ रन आवश्यक थियो भने अस्ट्रेलियालाई १० विकेट लिनुपर्ने थियो। खेलमा अस्ट्रेलियाले जित्ने अनुमान गरिएको थियो ।

आँकलनअनुसार टीमले ९ विकेट लियो पनि तर स्टुआर्ट ब्रोड र जेम्स एन्डरसनले इंग्ल्यान्डलाई हारबाट जोगाउँदै खेल बराबरीमा पुर्‍याए । ३८८ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्ड दिनको खेल समाप्तिमा ९ विकेट गुमाएर २७० रन बनाउन सफल भयो ।

एक समय इंग्ल्यान्ड २१६ मा ५ विकेटको अवस्थामा थियो। जोस बटलर र जोनी ब्रेस्टो क्रिजमा थिए । इंग्ल्यान्डमाथि हारको खतरा रहिरहँदा ब्रेस्टो र बटलरले आशा कायमै राखेका थिए। तर ८६ औँ ओभरमा प्याट कमिन्सले दुई बलमा २ विकेट लिँदै खेल अस्ट्रेलियाको पक्षमा ढाले ।

ओभरको चौथो बलमा बटलर ११ रनमा एलबीडब्लु हुँदा अन्तिम बलमा मार्क वुड शून्य रनमा आउट भए । ब्रेस्टोलाई स्कट बोल्यान्डले आउट गरे । तर त्यसपछि ब्रोड र ज्याक लिचले थप ५२ बलसम्म कुनै विकेट नदिई खेल रोमाञ्चक अवस्थामा पुर्‍याए।

यो जोडीको साझेदारी तोड्न स्टिव स्मिथ सफल रहे । लीच ३४ बलमा २६ रन बनाएर आउट हुँदा कंगारू टीम पुन एक पटक उत्साही बनेको थियो । लिच आउट हुँदा २ ओभरको खेल बाँकी थियो । अस्ट्रेलियालाई केवल १ विकेट चाहिएको थियो ।

तर ब्रोड र एन्डरसनले दुई ओभरमा विकेट गुमाएनन् । जसका कारण अस्ट्रेलियाले बराबरीमा चित बुझाउनु पर्‍यो। ब्रोडले ३५ बलमा ८ रन बनाउँदा एन्डरसनले ६ बल खेलेका थिए। इंग्ल्यान्डका लागि ज्या क्रउलीले ७७, बेन स्टोक्सले ६० र जोनी ब्रेस्टोले ४१ रन बनाए । ५ खेलको एसेस सिरिज भने यसअघिनै अस्ट्रेलियाले ३-० ले जितिसकेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × five =