एफ ए कप

१४ मिनेटभित्र तीन गोल गरेपछि टोटेनह्याम चौथो चरणमा

काठमाडौँ । एफए कप फुटबलमा टोटेनह्यामले सानदार पुनरागमन गर्दै चौथो चरणमा स्थान बनाएको छ । सुरुवातमा पछि परेको अवस्थालाई उल्टाउँदै टोटेनह्यमले मोरेकाम्बेविरुद्ध ३-१ को जित निकालेको हो ।

टोटेनह्यामले मोरेकाम्बेविरुद्ध पहिलो हाफमा १-० ले पछि रहेको अवस्था उल्टाउँदै सहज जित निकाल्यो । दोस्रो हाफमा टोटेनह्यामले १४ मिनेटभित्र तीन गोल फर्कायो । ओकोनरको गोलमार्फत मोरेकाम्बेले सुरुवाती अग्रता लिएको थियो ।

दोस्रो हाफको पनि अधिकांश समय अग्रता जोगाएपनि टोटेनह्यामले हेरि विन्कसको गोलमार्फत ७४ औँ मिनेटमा बराबरी गोल फर्काएको थियो । लुका मौउराले ८५ औँ मिनेटमा अग्रता दिलाए । टीमका लागि तेस्रो गोल हेरी केनले निर्धारित समय सकिन २ मिनेट बाँकी हुँदा सम्भव बनाए ।

जितसँगै टोटेनह्याम एफए कपको चौथो चरणमा प्रवेश गरेको छ । अर्को खेलमा उल्भ्सले शेफिल्डलाई ३-० ले पराजित गर्दै चौथो चरणमा स्थान बनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × five =