एफए कप

सानदार जित निकाल्दै चेल्सी र लेस्टर चौथो चरणमा

काठमाडौँ । प्रिमियर लिग चेल्सी र लेस्टर सिटीले फराकिलो जित निकाल्दै एफए कपको चौथो चरणमा प्रवेश गरेका छन् । घरेलु मैदानमा चेल्सीले चेस्टरफिल्डमाथि ५-१ को जित निकाल्दा लेस्टर सिटीले वाट्फोर्डलाई ४-१ ले पराजित गर्‍यो ।

घरेलु टोलीको फराकिलो जितमा टिमो वेर्नर, कलुम हड्सन ओडोई, रोमेलु लुकाकु, एन्ड्रिएस क्रिस्टेन्सेन र हाकिम जियाचले गोल गरे । चेस्टरफिल्डका एकवासी एसान्टेले एक गोल फर्काए । जितपछि चेल्सीले अन्तिम ३२ मा स्थान सुरक्षित गरेको छ ।

अर्को खेलमा लेस्टर सिटीले प्रिमियर लिग प्रतिद्वन्द्वी वाट्फोर्डलाई ४-१ ले पराजित गर्दै अघिल्लो चरणमा पुग्न सफल भएको छ । लेस्टरको जितमा युरी टिलेमान्स, जेम्स म्याडिसन, हार्भे बार्नेस र मार्क अल्ब्राइटनले गोल गर्दा वाट्फोर्डका जोओ पेड्रोले एक गोल फर्काए ।

यस्तै प्रिमियर लिगमा क्रिस्टल प्यालेस, ब्रेन्टफर्ड, ब्राइटन, एभर्टन र साउथह्याम्टनले पनि चौथो चरणमा स्थान पक्का गरेका छन् । लिग टु टोली क्याम्ब्रिज युनाइटेड पनि प्रिमियर लिग क्लब न्यूक्यासल युनाइटेडलाई १-० ले पराजित गर्दै अघिल्लो चरणमा पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × three =