ग्रानडासँग रोकिएसँगै बार्सिलोना छैटौँ स्थानमा

काठमाडौँ । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना ग्रानडासँग १-१ गोलको बराबरीमा रोकिएको छ । शनिबार आफ्नो लय सुधार्दै शीर्ष तीनमा पुग्ने लक्ष्यमा रहेपनि बार्सिलोना ग्रानडासँग अन्तिम दुई मिनेट बाँकी हुँदा गोल खान पुग्दा सम्भावित जितबाट विमुख भयो ।

शनिबार शीर्ष तीनमा पुग्ने मौकामा रहेको बार्सिलोना अन्तिम समयमा समालिन नसक्दा अंक बाँड्न बाध्य भएको थियो । जारी लिगमा बार्सिलोनाको यो आठौँ बराबरी हो । २०१६ पछि ला लिगामा फर्किएका डेनी अलभेसले डे जोङलाई गोलको अवसर सिर्जना गर्दै खेलमा अग्रता बनाए ।

पहिलो हाफ बराबरीमा सकिएको खेलमा बार्सिलोनाले ५७औँ मिनेटमा डे जोङको गोलमा अग्रता लिएपनि अन्तिम केही मिनेट समालिन बार्सिलोना असफल भयो। एन्टोनीयो पुर्टसले ८९औँ मिनेटमा टप कर्नरबाट सानदार गोल गर्दै बार्सिलोनाको सम्भावित तीन अंक खोस्दै एक अंकमा सीमित गरिदिए ।

बार्सिलोना खेलको ७९औँ मिनेटमा १० खेलाडीमा सीमित भएको थियो । पाइज गाभिरा दोहोरो पंहेलो कार्डका कारण मैदानबाट बाहिरिएका थिए । डे जोङले पहिलो हाफमानै गोलको खडेरी तोडेका थिए ।

तर भिडियो असिस्टेन्ट रेफ्रिले उनको गोललाई अपसाइड करार गरेपछि सम्भावित अग्रताबाट बार्सिलोना पहिलो हाफमा विमुख भयो । बार्सिलोनाले अब बुधबार रियल म्याड्रिडसँग स्पेनिस सुपर कपको सेमिफाइनलमा प्रतिस्पर्धा गर्दै छ । ग्रान्डा भने लालिगाको क्लब इतिहासमै लगातार ७ खेलमा अपराजित छ ।

बराबरी पछि बार्सिलोनाले २० खेलबाट ३२ अंक बनाएको छ । एट्लेटिको म्याड्रिड र रियल सोसिडाड समान अंक भएपनि बार्सिलोना छैटौँ स्थानमा रहेको छ । रियल बेटिस ३३ अंकका साथ तेस्रो स्थानमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + three =