सेलिब्रेटी नेपालले ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ गर्दै
२०७८ पुस ६ गते

काठमाडौँ । नेपाली चलचित्र ग्रामीण बजारमा पुर्याउने र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ आयोजना हुने भएको छ । सेलिब्रेटी नेपालको आयोजनामा माघको अन्तिम साता ३ दिने चलचित्र महोत्सव गर्ने घोषणा गरेको हो ।
महोत्सवमा गाउँले परिवेशमा निर्माण भएका स्वदेशी लघु चलचित्र, डकुमेन्ट्री र फिचर चलचित्रको सहभागिता रहनेछ ।
महोत्सवमा ग्रामीण क्षेत्रका दर्शक समक्ष अत्याधुनिक प्रविधिमा स्क्रिनिङ गर्ने र उत्कृष्ट चलचित्रलाई अवार्ड प्रदान गरिने आयोजक संस्थाका अध्यक्ष रघुनाथ सापकोटाले जानकारी दिएका छन् ।
महोत्सवमा विभिन्न भाषा भाषिकासँगै मोबाइलबाट खिचिएका चलचित्रहरू समेत समावेश हुनेछन् । महोत्सवमा चलचित्र प्रदर्शनसँगै ग्रामीण परिवेशलाई समेटेर चलचित्र बनाउने विषयमा समेत अन्तरक्रिया तथा वर्कसपको आयोजना गरिनेछ ।
२०७८ पुस ६ गते
प्रतिक्रिया
सम्बन्धित








