सरलाको ‘विदेश’ सार्वजनिक (भिडिओ)
२०७८ पुस ६ गते

काठमाडौँ । सरला श्रेष्ठको शब्द रचनामा राष्ट्र भाव बोकेको गीत ‘विदेश’ सार्वजनिक भएको छ । जीविकोपार्जनको लागि कर्म गर्न बिदेसिन बाध्य एक युवकले मातृभूमि सम्झेर व्यक्त गरेका भावहरू श्रेष्ठले शब्द मार्फत गीतमा उतारेकी छन् ।
कृति न्यौपाने (दिवाकर शर्मा) ले सरलाका शब्दमा संगीत भरेका छन् भने गीतमा स्वर प्रमोद खरेलले दिएका छन् । गीतमा पुरुषोत्तम सुवेदीको संगीत संयोजन छ ।
सुब्रतराज आचार्यको निर्देशनमा तयार भिडिओमा पल शाह फिचर्ड छन् । पलसँगै सुवर्ण जङ्ग श्रेष्ठ र तुलसीदेवी श्रेष्ठको विशेष उपस्थिति देख्न सकिन्छ । विकास दाहालले सम्पादन गरेको भिडिओमा छायांकन उत्सव दाहालको छ ।
https://www.youtube.com/watch?v=nQfHwPzpMhw
२०७८ पुस ६ गते
प्रतिक्रिया
सम्बन्धित








