कोरोनाका कारण राेकियाे ‘मिस वर्ल्ड’

काठमाडाैँ। विश्व सुन्दरी प्रतियोगिता (मिस वर्ल्ड) को ग्रान्ड फिनाले अनिश्चित कालका लागि स्थगित भएको छ । आज (१७ डिसेम्बर)हुने भनिएको फिनाले प्रतियोगी, आयोजक र कर्मचारीमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि स्थगित गरिएको हो । अन्तिम अवस्थामा आयोजकले प्रेस विज्ञप्ति जारी गर्दै फिनाले अनिश्चित समयका लागि रोकिएको बताएका हुन् ।

शुरुमा सात जना प्रतिस्पर्धीमा कोरोना सङ्क्रमण देखिएको थियो । त्यस पछि अन्यमा परीक्षण गर्दा समेत सङ्क्रमण पुष्टि भएपछि पुएर्तो रिकोको स्वास्थ्य विभागले प्रतियोगिता रोक्न निर्देशन दिएको हो ।

आगामी ९० दिन भित्र प्रतियोगिता गर्ने भनिए पनि सङ्क्रमणको स्थितिमा सुधार नआए प्रतियोगिता कहिले हुन्छ अहिले नै भन्न सकिने स्थिति छैन । सहभागी प्रतिस्पर्धीको कोभिड परीक्षण गरेपछि मात्र उनीहरूलाई सम्बन्धित देशमा फर्काइने भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × one =