श्रीमतीका कारण फुरुङ्ग नगरकोटी

काठमाडौँ । सहरमा १४ को एउटा लहर चलिरहेको छ । देशकै जेठो बुढो पार्टी नेपाली कांग्रेसको १४औँ महाधिवेशन चलिरहेको छ ।

पार्टीभित्रको नेतृत्व चयनका लागि रस्साकस्सी चलिरहेको छ । यही बेला १४ को अर्को एउटा संयोग पनि जोडिन पुगेको छ । त्यो हो साहित्यकार कुमार नगरकोटी र सावित्री कार्कीको विवाहको १४औँ वर्षगाँठ ।

मङ्गलबार यो वर्षगाँठ मनाउँदै नगरकोटीले श्रीमती सावित्रीलाई शुभकामना दिएका छन् । उनले लेखेका छन्‚ ‘घाटहरूतिर बरालिएर हिँड्ने जोगीलाई घरको बाटो देखायौ ! पब्लिक-रिपब्लिक प्रेमीलाई प्राइभेट पति बनायौ !! यो  १४औँ ‘म्यारिज एनिभर्सरी’मा तिमीलाई बधाई-कामना, सावित्री !!!’

नगरकोटीले श्रीमतीलाई आफ्नो जीवनमा प्रवेश गरी परिवर्तन र आफ्नोपनसहित स्वीकार गरेकोमा समय पाउनासाथ प्रशंसा गर्दै आएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 1 =