‘मिस युनिभर्स’को ताज भारतीय हरनाजलाई

एजेन्सी । ‘मिस युनिभर्स २०२१’ को उपाधि भारतकी हरनाज कौर सन्धुले जितेकी छन् । सोमबार बिहान इजरायलको इलियटमा आयोजित कार्यक्रमकाबीच उनलाई ७० औँ मिस युनिभर्स घोषणा गरिएको हो ।

पन्जाबकी २१ वर्षीया सन्धुले पराग्वेकी नादिया फरेरा र दक्षिण अफ्रिकाकी ललेला मसवानेलाई हराउँदै मिस युनिभर्सको ताज जितेकी हुन् । यसअघि सन् १९९४ मा भारतकी सुष्मिता सेनले र सन्  २००० मा लारा दत्ताले पनि मिस युनिभर्सकाे उपाधि जितेकी थिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − six =