समूह चरणको अन्तिम खेलमा सिटी पराजित
२०७८ मंसिर २२ गते

काठमाडौँ । च्याम्पियन्स लिग फुटबलमा म्यानचेस्टर सिटी अन्तिम खेलमा पराजित भएको छ। पराजयका बाबजुद सिटी समूह ‘ए’ को शीर्ष स्थानमा रहँदै नकआउट चरण प्रवेश गर्न सफल भयो। आराबी लेइपजिङ विरुद्धको अन्तिम खेलमा कोभिड-१९ का कारण बन्द रंगशालामा खेल खेलाइएको थियो। जहाँ आरबी लेइपजिङसँग सिटी २-१ ले पराजित भयो।
सिटीविरुद्ध अग्रता बनाउने क्रममा लेइपजिङका डोमिनिक झोबोस्लले सुरुवाती अग्रता दिलाएका थिए। २४ औँ मिनेटमा गोल गरेको लेइपजिङले दोस्रो गोल ७१ औँ मिनेटमा आन्द्रे सिल्भाको गोलमार्फत लिएको थियो।
तर सिटीले खेलमा फर्कने प्रयास स्वरुप रियहाद महारेजको गोल मार्फत ७६ औँ मिनेटमा पहिलो गोल फर्कायो तर त्यसपछि दुवै तर्फबाट थप गोल भएन । ८२ औँ मिनेटमा सिटी १० खेलाडीमा सीमित भएको थियो । केलि वाल्कर रेड कार्ड खाएर मैदानबाट बाहिरिएका थिए ।
२०७८ मंसिर २२ गते
प्रतिक्रिया
सम्बन्धित








