नेपाल आइपुगिन् र्यापर राजा कुमारी

काठमाडौँ । इन्डियन-अमेरिकन र्‍यापर द राजा कुमारी नेपाल आएकी छन् । उनी आज शुक्रबार नेपाल आइपुगेकी हुन् ।

राजा कुमारीले शनिबार काठमाडौँको ठमेलस्थित क्लब फरेनहाइटमा हुने कन्सर्टमा प्रस्तुति दिने छिन् ।

उनले कन्सर्टमा नयाँ एल्बमका गीत सुनाउने बताइन् । साथैमा उनले नेपालीमा ‘नमस्कार, म राजा कुमारी । सन्चै हुनुहुन्छ?’ भनेकी थिइन् ।

उनी दोस्रो पटक नेपाल आएकी हुन् । यस अघि सन् २०१७मा नेपाल घुम्न आएकी थिइन् । कोरोना पछिको यो उनको पहिलो कन्सर्ट भएको समेत उनले बताएकी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *