एमाले १०औँ महाधिवेशनको बन्द सत्र शुरू, विदेशी पाहुनाले पनि सम्बोधन गर्ने

चितवन । नेकपा एमालेको १०औँ महाधिवेशनको बन्द सत्र शुरू भएको छ । बिहानै शुरू गर्ने कार्यतालिका भए पनि गएराति अबेरसम्म एमालेको केन्द्रीय समिति बैठक बसेका कारण सत्र ढिलो गरी शुरू भएको हो ।

सौराहाको सेभेन स्टार होटलमा शुरु भएको बन्द सत्रमा विदेशबाट आएका पाहुना नेताहरूले सम्बोधन गर्ने प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए । यसपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नेछन् ।

पदाधिकारी थप्ने केन्द्रीय कमिटीको निर्णयलाई पनि बन्द सत्रले अनुमोदन गर्नेछ । बन्द सत्रपछि आजै मनोनयनको कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *