कांग्रेस महाधिवेशन: काठमाडौँ-४ मा श्यामकृष्ण सङ्गत सर्वसम्मत

काठमाडौँ । नेपाली कांग्रेस काठमाडौँ निर्वाचन क्षेत्र नं ४ को क्षेत्रीय अधिवेशनबाट सभापतिमा श्यामकृष्ण सङ्गत चुनिएका छन् । अन्य पदका लागि मतदान भएपनि सभापतिमा उनी सर्वसम्मत चुनिएका हुन् ।

उक्त क्षेत्र कांग्रेस केन्द्रीय सदस्य एवं सांसद गगन थापाको क्षेत्र हो । सभापतिबाहेक अन्य पदाधिकारी, सदस्य र महाधिवेशन प्रतिनिधिका लागि भने मतगणना भइरहेको निर्वाचन अधिकृत कृष्णनाथ शर्माले जानकारी दिए । सो क्षेत्रमा कुल ३०७ मतदाता छन् ।

यो पनि : काठमाडौँ-३ मा चालिसे प्यानलको ‘क्लीन स्वीप’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *