काठमाडौँ ३ मा चालिसे प्यानलको ‘क्लीन स्वीप’

काठमाडौँ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको क्रममा काठमाडौँ क्षेत्र नं ३ मा सन्तोष चालिसेको प्यानलले जितेको छ । गोकर्णेश्वर नगरपालिकाका मेयर समेत रहेका चालिसेले प्रतिद्वन्द्वी दीपेन्द्र लामालाई ४६ भोटले पछि पार्दै सभापतिमा जित हासिल गरेका हुन् ।

कुल ३६६ मत खसेकोमा चालिसे ले २०५ मत प्राप्त गरे । प्रत्याशी लामाले १५९ मत ल्याए । चालिसे प्रकाशमान प्यानलका हुन् भने लामा देउवा प्यानलका हुन् । सचिवमा दीपक रिसाल र भुवन लामा क्रमशः २१३ मत र १८५ मत ल्याएर विजयी भएका छन् । क्षेत्रीय सह-सचिवमा १९२ मत ल्याएर सुदिप पण्डित क्षेत्री र १८० मत ल्याएर अमृत खड्का विजयी भए ।

यसअघि सम्पन्न काठमाडौँ ३ को प्रदेश क्षेत्रको अधिवेशनबाट श्रीराम चालिसे र विमल ठकुरी क्रमशः प्रदेश क्षेत्र क र ख बाट विजयी भएका थिए । चालिसे प्रकाशमान प्यानलका र ठकुरी देउवा प्यानलका हुन् । कांग्रेसको विधान अनुसार प्रदेश क्षेत्रको सभापति, संघीय क्षेत्रको उपसभापति हुनेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *