नवौँ नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव शुरु

काठमाडौँ । नवौँ ‘नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ आजबाट शुरु भएको छ । मानव अधिकार चलचित्र केन्द्रले आयोजना गरेको महोत्सव ९ गतेसम्म चल्नेछ । हरेक वर्ष आयोजना हुँदै आएको महोत्सव कोरोनाको कारणले यो वर्ष पनि भर्चुअल आयोजना गरिएको हो ।

महोत्सवमा २४ देशका ४२ वटा चलचित्र, वृत्तचित्र, लघु चलचित्रका साथै भिन्नभिन्न विधाका चलचित्रहरू समावेश छन् । महोत्सवमा मानव अधिकारकर्मी र कलाकर्मीहरूसँग अन्तरक्रिया कार्यक्रम पनि राखिएको छ ।

महोत्सवमा ‘मानव अधिकार र न्यायका लागि वातावरण’, ‘मानव अधिकारमा कोरोनाको प्रभाव’, ‘महिला विरुद्ध हुने हिंसा रोक्न, सशक्तीकरण, अधिकार र समावेशीकरणमा सिनेमाको भूमिका’ जस्ता विषयहरूमा पनि अन्तरक्रिया हुने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *