देखाउन मात्रै उम्मेदवारी घोषणा गरेको होइन : रावल

काठमाडौँ । एमालेको दशौं महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका उपाध्यक्ष भीम रावलले आफूले देखाउनका लागि मात्रै उम्मेदवारी घोषणा नगरेको प्रष्ट्याएका छन् ।

आइतबार रिपोटर्स क्लबमा पत्रकार सम्मेलनमा पत्रकारहरूसँग सवाल-जबाफ गर्दै रावलले भने, ‘मैले खाली देखाउनका लागि मात्रै उम्मेदवारी घोषणा गरेको होइन । १०औं महाधिवेशन भनेको नेतृत्व चयनका लागि हुँदै गरेको महाधिवेशन हो । म अब नामाङ्करण दाखिलाको बाटो अघि बढ्छु ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *