मलाई गलत साबित गरेर देखाए माफी मागेर ‘पद्मश्री’ फिर्ता गर्छु : कंगना
२०७८ कार्तिक २८ गते

काठमाडौँ । बलिउड अभिनेत्री कंगना रनावतले हालसालै पाएको पद्मश्री पुरस्कार फिर्ता गर्ने बताएकी छन् । अभिनेत्री रनावतले आफूले दिएको अभिव्यक्ति गलत रहेको पुष्टि गर्न चुनौती समेत दिएकी छन् ।
भारतको स्वतन्त्रताबारे दिएको अभिव्यक्तिपछि उनी विवादमा तानिएकी थिइन्। उनले भारत सन् १९४७ अगस्ट १५ मा स्वतन्त्र नभएको जिकिर गर्दै ‘भिख पाएको’ प्रतिक्रिया दिएकी थिइन् ।
उनको सो अभिव्यक्तिलाई लिएर उनीविरुद्ध देशद्रोही र भड्काउवाजी बयान दिएको भन्दै भारतीय दण्ड संहिता अन्तर्गत कारबाही गर्न मागसमेत भएको छ। केहीले प्रहरीमा उजुरीसमेत दिएका थिए। यसको प्रतिक्रियामा कंगनालेले आफूले बोलेको कुरा गलत साबित भए हालै पाएको पद्मश्री अवार्ड फिर्ता गर्ने चुनौती दिएकी हुन् ।
२०७८ कार्तिक २८ गते
प्रतिक्रिया
सम्बन्धित








