इन्टरनेट सुविधा समेत नभएको गाउँमा रमाउदै सुरक्षा

काठमाडौँ । कलाकार सुरक्षा पन्त पश्चिमका हिमाली भेगको भ्रमणमा छिन् । उनले यस वर्षको दशैंतिहार पनि उतै व्यतित गरिन् । हिमाली भेगमा पुगेर उनले मितिनी पनि लगाइन् ।
स-साना बालबालिकासँग रमाउदै गरेका क्षणहरु उनको सामाजिक संजालमा देख्न सकिन्छ । चाडबाडमा हिमाली गाउमा रमाएकी सुरक्षाको अनुहारमा छुट्टै चमक छ ।
उनी बालबालिकासँग बच्चा नै बनेर रमाइरहेकी छन् भने वृद्ध वृद्धासँग उनीहरुकै दौतरी झैँ कही मनाउदै गफिँदैछिन् । यही क्रममा उनले जीवनमा पहिलो पटक मितिनी पाइन् । मित लगाउँदाको समय पनि उनले रमाएर मनाइन् । यतिमात्र होइन, उनले मितिनीको नाम काड्न (बोलाउन) नहुने नियम समेत पछ्याइन् ।
तिहारमा उनी उसै गरी रमाइन् । उनी कुन कामका लागि त्यता छिन्, खुलाउन चाहेकी छैनन् । तर उनी सहरमा झैँ सुविधामा रमाएकी छैनन् । स्थानीय तहमै रमाएकी छन् । अभाव मै जिएकी छन् ।
यो अनुभवले उनलाई पुरै नेपाल घुम्ने ऊर्जा दिएको छ । यसैले त उनी केही क्षण मात्रै चलेको इन्टरनेटको सदुपयोग गर्दै दर्शकलाई आफ्नो खुसीमा भागेदार बनाउदैछिन् ।








