केकीको मुख्य भूमिकामा ‘सिल्ली फो’ बन्ने
२०७८ कार्तिक २४ गते

काठमाडौँ । राजबहादुर सानेको लेखन तथा निर्देशनमा चलचित्र ‘सिल्ली फो’ बन्ने भएको छ । ४ बदमास व्यक्तिको कथामा बन्न लागेको चलचित्रको मुख्य भूमिकामा केकी अधिकारी रहनेछिन् ।
चलचित्रमा केकीका अलावा राजाराम पौडेल, रवीन्द्र झा, दिनेश रेग्मी, दीपक थापा, अनिथा श्रेष्ठ, चन्द्र पोखरेल, अनिता लामिछाने, भूगोल कार्की, रमेश बजगाईं, सरस्वती राम जाली मगर, सागर विष्ट, कुशल बोहोरा, गोपाल विक, राजकुमार सापकोटा, छत्रेश्वरप्रसाद शर्मालगायतका कलाकारको अभिनय रहनेछ ।
रुद्र खनाल प्रस्तुतकर्ता रहेको चलचित्रको निर्माता मनोज डिके रहेका छन् । दिव्यराज सुवेदी छायाकार, पुरुषोत्तम न्यौपानेको संगीत, रामजी लामिछानेको कोरियोग्राफी रहने चलचित्रको छायांकन मङ्सिर १ बाट सुरु हुनेछ ।
२०७८ कार्तिक २४ गते
प्रतिक्रिया
सम्बन्धित








