जनकपुरमा कुमार सानुको कन्सर्ट

काठमाडौँ । नेपाली गीतसमेत गएका भारतीय गायक कुमार सानु नेपाल आउने भएका छन् । उनी साङ्गीतिक कार्यक्रमका लागि नेपाल आउन लागेका हुन् ।

जनकपुरधाममा हुन लागेको ‘कुमार सानु लाइभ इन कन्सर्ट’ मा सहभागी हुन उनी नेपाल आउन लागेका हुन् । कन्सर्ट यही नोभेम्बर १३ (कात्तिक २७) मा जनकपुरको होटेल राजदरबार र नवरङ रिसोर्टमा आयोजना हुँदैछ ।

सानुका साथै नेपाली गायक गायिका सुगम पोखरेल, पूजा ठाकुर, रोशन पराजुलीले समेत प्रस्तुति दिनेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × four =