म्यान्चेस्टर डर्बी : ओल्डट्राफोर्डमा सिटीलाई म्यान-यू को आतिथ्य

एजेन्सी । इङ्लिस प्रिमियर लिग फुटबलमा शनिवार राति म्यानचेस्टर यूनाइटेडले घरेलु मैदान ओल्डट्राफोर्डमा म्यान्चेस्टर सिटीलाई आतिथ्य प्रदान गर्नेछ । यी दुई क्लबको खेल म्यान्चेस्टर डर्बीको रूपमा विश्वप्रसिद्ध छ ।

यूनाइटेडलाई घरेलु मैदानमा जित हात पार्दै तेस्रो स्थानको सिटीसँग अंक बराबरी गर्ने अवसर छ । सिटी पनि तीन अंक थप्दै दोस्रो स्थानमा उक्लन चाहन्छ । तालिकामा चेल्सी १० खेलबाट २५ अंक जोड्दै शिर्षस्थानमा छ भने १० खेलबाटै २२ अंक बनाएको लिभरपुल दोस्रो र सिटी २० अंक सहित तेस्रो स्थानमा छ । म्यान यू को १० खेलबाट १७ अंक छ ।

म्यान यूलाई केही खेलाडीको चोटले पिरोलेको छ । राफेल भरान करिब एक महिना मैदान बाहिर रहने भएका छन् भने अर्का डिफेडन्डर भिक्टोर लिन्डलोफ पनि डर्बी खेलमा हुने छैनन् । मिडफिल्डर पाउल पोग्बा तीन खेलको प्रतिबन्धका खेपिरहेका छन् ।

म्यानचेष्टर सिटीका लापोर्टेले पछिल्लो खेलमा रातो कार्ड पाएकाले आज खेल्न पाउने छैनन् । आजै शीर्ष स्थानको चेल्सीले वर्नलीसँग खेल्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − three =