देशभर हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । नेपालमा उल्लेखनीय मौसम प्रणाली नरहे पनि देशका अधिकांश क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हिमाली भेगमा हल्का हिमपात तथा प्रदेश १ र गण्डकी प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाको भइरहेको छ ।

मौसम बदली र तुलनात्मक रूपमा तापक्रम पनि घटेकाले बढी चिसो महसुस गरिएको छ । दिउँसो प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा अन्य प्रदेशमा मौसम सामान्यता सफा रहनेछ । प्रदेश १ र गण्डकी प्रदेशका हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

भोलि प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली रहने छ । प्रदेश १ र गण्डकी प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षातको सम्भावना रहेको छ । साथै प्रदेश १ र गण्डकी प्रदेशका हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + 12 =