यस्तो छ शिव परियारले गाएको संस्कृत गीत (भिडिओ)

काठमाडौँ । गायक शिव परियारले संस्कृत भाषामा गीत गाएका छन् । ‘मम भाषा संस्कृतम्’ गीतका रचनाकार स्वामी केशवानन्द (केएन स्वामी) हुन् । चण्डीप्रसाद काफ्लेले संगीत भरेको गीतमा श्री संगीत पाठशालाका विद्यार्थीले कोरस गायनमा साथ दिएका छन् ।

सूर्यमणि जमर कट्टेलले निर्देशन गरेको भिडिओमा गायक परियारले समेत अभिनय गरेका छन् । भिडिओमा परियार सँगै रवीन्द्र जमरकट्टेल, अमृत गौतम, स्वस्तिका जमरकट्टेल, नवीन ढकाल, सञ्जिता देवकोटा, देवन भुसाल, अनिषा जमरकट्टेल, विष्णु पाण्डे, विष्णुप्रसाद जमरकट्टेल र शिव सापकोटाले अभिनय गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 4 =