कमेडी क्लब बन्द गरेर चलचित्रमा अभिनय गर्दै ‘मुन्द्रे’

काठमाडौँ । जितु नेपाल ‘मुन्द्रे’ले सञ्चालन गर्दै आएको ‘मुन्द्रेको कमेडी क्लब’ बन्द हुने भएको छ । आगामी साताको एपिसोडसँगै शो बन्द हुने जानकारी नेपालले दिएका हुन् ।

कमेडियन हिमेश पन्त र सुमन कोइराला अतिथिको रूपमा अन्तिम सहभागितासँगै शो बन्द हुने भएको हो । क्लबको मेरुदण्ड मानिएका उमेश राई ‘फुलान्देकी आमा’ अर्कै शोमा व्यस्त हुने भएकाले नेपाललाई कार्यक्रम अगाडि बढाउन समस्या परेको हो ।

कार्यक्रम बन्द गरेर उनीसमेत चलचित्रमा अभिनय गर्न लागेका छन् । कपिल रिजालको चलचित्रमा अनुबन्धित भएका नेपालले चलचित्र मङ्सिरको मध्यबाट फ्लोरमा जाने बताए ।

योसँगै अन्य कुनै फरक फर्म्याट नयाँ कमेडी कार्यक्रम लिएर अगाडि आउनेसमेत उनको योजना छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 2 =