विवादपछि पल र समीक्षाको सहकार्य (भिडिओ)
२०७८ कार्तिक १५ गते

काठमाडौँ । विवादपछि समीक्षा अधिकारी र पल शाहले पुनः एकसाथ काम गरेका छन् । उनीहरूको सहकार्य रहेको गीत ‘मायाले मायाले’ सार्वजनिक भएको हो ।
गीतमा समीक्षालाई स्वरमा हिमाल सागरले साथ दिएका छन् । दीपकप्रसाद ओलीले लेखेको गीतमा अर्जुन पोखरेलले संगीत गरेका छन् । संगीत संयोजन भने विषम आचार्यले गरेका छन् ।
भिडिओमा जितु नेपाल, पल शाह र पूजा शर्माले अभिनय गरेका छन् । गम्भीर विष्टको कोरियोग्राफी रहेको भिडिओ उत्सव दाहालले खिचेका हुन् । विधान कार्कीको निर्देशन रहेको भिडिओ विकाश दाहालले सम्पादन गरेका हुन् ।
२०७८ कार्तिक १५ गते
प्रतिक्रिया
सम्बन्धित








