साफ उपविजेता खेलाडीहरूलाई सरकारले ५/५ लाख दिने

काठमाडौँ । साफ च्याम्पियनसिप उपविजेता खेलाडीहरूले जनही रु. ५/५ लाख पाउने भएका छन् । सरकारले उनीहरूलाई जनही रु. ५/५ लाख दिने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीकाअनुसार सोमबार (आज) बसेको बैठकले यस्तो निर्णय गरेको हो । ‘उहाँहरूले जनही रु. ५/५ लाख पाउनुहुन्छ,’ पत्रकार सम्मेलनमा प्रवक्ता कार्कीले भने, ‘यो निर्णय मन्त्रिपरिषद्ले गरेको हो ।’

यस्तै प्रतिक्षकहरूलाई ३/३ लाख रुपैयाँ उपलब्ध गराउनेसमेत सरकारले निर्णय गरेको छ । गत शनिवार भएको फाइनल खेलमा नेपाल भारतसँग ३-० गोलअन्तरले पराजित भएको थियो । यसपछि नेपाल उपविजेतामा समेटिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + 2 =