‘सालैको पातले’ सार्वजनिक

काठमाडौँ । शोभित बस्नेत निर्देशित चलचित्र ‘डाँडाको वरपीपल’ को चौथो गीत सालैको पातैले सार्वजनिक भएको छ ।

असोज २६ गते फूलपातीको दिनबाट रिलिज हुने चलचित्रको यो गीतमा शिव मुखियाको स्वर रहेको छ । नवराज गिरीको शब्द रहेको गीतमा  शिव कै संगीत रहेको छ । भिडिओमा सलोन बस्नेत र रुबिना थापाको अभिनय छ । गीतमा रामजी लामिछानेको कोरियोग्राफी छ ।

चलचित्रमा भुवन केसी, शिव श्रेष्ठ, गौरी मल्ल, अस्मिता जुरेली, हिउँवाला गौतम, उत्तम केसी, सङ्गम भण्डारी, सुशान्तकुमार श्रेष्ठ, प्रभात पल, अस्मी थापा, प्रदीप गिरी, ज्ञानकुमार कट्टेल लगायतका कलाकारको अभिनय छ ।

नवराज गिरीको लगानी रहेको चलचित्रमा रामकाजी घिमिरेको लेखन, सुशान्त प्रजापतिको छायांकन, रोशन श्रेष्ठको द्वन्द्व निर्देशन र मित्रदेव गुरुङको सम्पादन छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *