इन्जिनियर बन्न चाहन्थे अमिताभ बच्चन : लगातार १२ फिल्म फ्लप भएपछि बने ‘बलिउड महानायक’

काठमाडौँ । बलिउडका महानायक अमिताभ बच्चनको आज ७९ औँ जन्मदिन । सन् १९४२ अक्टोबर ११ मा जन्मिएका अभिनेता बच्चनकाे आज ७९ औँ जन्मदिन हाे । उनले आफ्नो लामो अभिनय यात्रामा अनेक आरोह अवरोह भोगेका छन् । उनले अभिनय यात्राका क्रममा कैयौँ फ्लप र कयौँ सुपर हिट चलचित्र दिएका छन् ।

सुरुवाती सङ्घर्षका दिनहरूमा लगातार फ्लप फिल्मका कारण उनले निकै तनाव व्यहोर्नु परेको थियो । सुटिङका फिल्म सेटमै गम्भीर घाइते भएपछि उनी केही समय राजनीतिमा सक्रिय रहे । राजनीतिमा सोचेजस्तो सफलता हासिल नभएपछि फेरि उनी अभिनयमा नै फर्किए ।

उत्तर प्रदेशको इलाहबादमा जन्मिएका अभिनेता बच्चनका पिता हरिवंश राय बच्चन चर्चित कवि थिए । अमिताभ बच्चनको इन्जिनियर बन्ने नभए वायु सेनामा भर्ती हुने सपना थियो । उनका यी सपनाहरू पुरा हुन सकेनन् । तर उनी अभिनयमा बलिउडका ‘महानायक’का रूपमा स्थापित भए ।

चलचित्रमा उनले जुन सफलता हात पारेका छन् जसको लालसा हरेक अभिनेतामा रहन्छ । आज उनी बलिउडका सबैभन्दा सफल र दिग्गज अभिनेताका रूपमा परिचित छन् । बच्चनका अभिनयमा सुरुका दिन निक्कै सङ्घर्षपूर्ण र निराशाजनक रहे ।
सुरुसुरुमा बच्चन अभिनीत १२ फिल्म लगातार फ्लप भए। उनको धोद्रो आवाजका कारण अल इण्डिया रेडियोमा पनि उनी रिजेक्ट भएका थिए । लगातार असफलता भोगिरहेका अभिनेता बच्चनको करियरकै महत्त्वपूर्ण फिल्म बन्यो ‘जन्जिर’ ।

उक्त फिल्मले बलिउड बक्स अफिसमा सफलताका सबै रेकर्ड तोड्यो । उक्त फिल्म सुपर हिट भएसँगै उनले हालसम्म उनले पछाडि फर्केर हेर्नु परेको छैन । एजेन्सीकाे सहयाेगमा

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *