ईपीएल हेर्न कीर्तिपुर पुगिन् मनीषा
२०७८ असोज २० गते

काठमाडौँ । अभिनेत्री मनीषा कोइराला ईपीएल हेर्न कीर्तिपुरस्थित क्रिकेट रङ्गशाला पुगेकी छन् । उनले सामाजिक सञ्जालमा तस्बिर राख्दै खेलमा एक दर्शकको रूपमा सहभागी हुन पाउँदा खुसी लागेको बताएकी छन् ।
उनले अमिर अख्तरलाई निमन्त्रणाका लागि आभार व्यक्त गरेकी छन् । उनले आफुलाई क्रिकेटको विषयमा खासै जानकारी नभए पनि देशको लागि खेल क्षेत्रको महत्त्व बुझेको बताएकी छन् ।
उनले कला र खेल देशको मुटु भएको समेत लेखेकी छन् ।
२०७८ असोज २० गते
प्रतिक्रिया
सम्बन्धित








